Saturday, May 23, 2009


वैशाख ३० २०६५
प्रेस विज्ञप्ति
नेपाली काँग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार काठमाडौँमा बैशाख १२ देखि आजसम्म बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय निम्नानुसार
१नेपाली काँग्रेसले विगत साठी वर्षदेखि जनताबाट निर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण हुनु पर्ने अडान राख्दै आएको ऐतिहासिक तथ्य सर्वविदितै नेपाली जनताको लामो संघर्षको परिणाम स्वरुप नेपालमा संविधानसभाको निर्वाचन नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएको अनेक आशङ्का असहज परिस्थितिका बाबजुद सबै समूहहरुलाई सहमतिमा ल्याएर संविधानसभाको निर्वाचन सम्पन्न भएको
निर्वाचनका क्रममा शान्ति सुरक्षाको प्रत्याभुति हुन सकेन ने।s।पा।माओवादी बाट भए गरिएका निर्वाचन आचारसंहिताको व्यापक उल्लघंन १२ बुँदे समझदारीदेखि २३ बुँदे सहमतिसम्मका सम्पूर्ण सहमतिको घोर उल्लघंन नेपाली काँग्रेस लगायत अन्य पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरुमाथि गरिएका सांघातिक आक्रमण देशभरिका मतदाताहरुलाई आतङ्कित बनाएर डरको साम्राज्यमा मतदान गर्न विवश गराइएको कारण आजको दुष्परिणाम उत्पन्न भएको भन्ने जिल्लाहरुबाट प्राप्त प्रतिवेदनको आम निष्कर्षलाई पार्टीको यो बैठक आत्मसात् गर्दछ विशेष गरी माओवादीको वाई। सी।एल। नामक अर्ध सैन्य दस्ताले मच्चाएको असुरक्षा उद्दण्डता कानुन हातमा लिने आदि आतङ्कका गतिविधिले गर्दा प्रतिकूल परिणाम उत्पन्न भएको यथार्थप्रति पार्टीको यो बैठक गम्भीर भएको ने।s।पा। माओवादी ले मतदातालाई आफ्नो विवेकको मत प्रयोग गर्नबाट विाचत गर्ने बुथ कब्जा गर्ने मनोबैज्ञानिक दवाबमा पार्ने निर्वाचनको स्वच्छतामा नै आँच पुर्याउने काम गर्यो त्यस्तै मधेशमा िहंसात्मक समूहद्धारा गरिएका अराजक उद्दण्ड अपराधिक गतिविधिले पनि निर्वाचनको निष्पक्षतामा नकारात्मक प्रभाव पार्यो एक दशकभन्दा लामो िहंसात्मक द्वन्द्वको कारण नेपाली काँग्रेसका कार्यकर्ताहरुले भोग्नु परेको विस्थापन यसले पार्टी संगठनमा पारेको नकारात्मक असर पनि यस्तो परिणाम आउनुको थप कारण रह्यो
२नेपाली काँग्रेस निर्वाचन पछिको अबस्थामा लोकतन्त्र जनताका नैसर्गिक अधिकारको रक्षा गर्ने आफ्नो ऐतिहासिक दायित्वका प्रति अझ सजग सचेष्ट चनाखो भइ बहुलवादी संसदीय लोकतन्त्रको आधारभूत मूल्य मान्यता सिद्धान्तमा आधारित नयाँ संविधान निर्माण गर्ने कार्यमा सकि्रयतापूर्वक लाग्ने प्रण गर्दछ आफ्ना सम्पूर्ण कार्यकर्ता शुभचिन्तकहरुलाई यस कार्यमा अरु उत्साहका साथ एकताबद्ध रहन आव्हान गर्दछ

३युगान्तकारी जन-आन्दोलन २०६२-६३ को आदेश अनुरुप सुरु भएको सहमतिको राजनीतिलाई संविधानसभाको निर्वाचन पश्चात अझ फराकिलो दायरामा निरन्तरता दिन नेपाली काँग्रेस प्रतिबद्ध त्यस्तो सहमति अर्को सरकारमा सहभागी हुने उद्देश्यले नभई जनआन्दोलन संविधानसभाको निर्वाचन पश्चातका दुई प्रमुख कार्यभार- लोकतान्त्रिक संविधान निर्माण शान्ति प्रकि्रयालाई लक्ष्य सम्म पुर्याउने प्रयोजनका लागि हुनु पर्ने नेपाली काँग्रेस ठहर गर्दछ सहमतिका आधारमा शान्ति प्रकि्रयालाई तार्किक निस्कर्षमा पुर्याउनु तथा संघीय गणतन्त्रात्मक राज्य संरचना बहुदलीय लोकतान्त्रिक शासन पद्धति स्थापना गर्नु आजको मूल एजेण्डा हो यसका लागि संविधानसभामा निर्वाचित भएका सबै राजनीतिक दलहरुको भूमिकालाई स्वीकार गर्दै तदनुरुप अघि बढ्नु अपरिहार्य
यसै सन्दर्भमा राजनीतिक सहमतिको आधार निर्माण गर्न निम्नलिखित कार्यहरुको अनिवार्य कार्यान्वयन हुनु पर्दछ
ककुनै पनि राजनीतिक दलसंग आबद्ध सैनिक अर्धसैनिक न्यायिक प्रशासनिक लगायतका समानान्तर राज्य संरचना सर्वमान्य लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुन् यसर्थ ने।s।पा। माओवादी सँग आबद्ध जनसेना जनअदालत जनसरकार लगायतका समानान्तर संरचनालाई पटक-पटकको सम्झौता सहमति विपरीत कायम राख्ने कार्य व्यारेकिकृत वाई।सी।एल।s अराजक िहंसात्मक उदण्ड कि्रयाकलापको तत्काल अन्त्य तथा यसको अर्ध सैनिक संरचना तत्काल विघटन गरिनु पर्दछ
खने।s।पा। माओवादी का शिविरमा यसका लडाकुहरुसँग रहेको हतियार शान्ति प्रकि्रयाको विश्वव्यापी मान्यता अनुरुप तत्काल राज्यलाई बुझाउनु वा नष्ट गरिनु पर्दछ बृहत शान्ति संझौता अनुरुप शिविरमा रहेका माओवादी लडाकुहरुलाई समायोजन मुलरुपमा नागरिक जीवनमा पुनस्र्थापन गर्न राजनीतिक सहमतिको संयन्त्र यसद्वारा निर्धारित स्पष्ट समयवद्ध कार्य योजना तत्काल लागु गरिनु पर्दछ
गकब्जा गरिएका व्यक्तिगत सार्वजनिक घर-जग्गा एवं अन्य चल-अचल सम्पत्ति फिर्ता गर्ने संन्दर्भमा ने।s।पा। माओवादी ले विगतमा बारम्बार लिखित प्रतिवद्धता जाहेर गरेतापनि हाल सम्म सो कार्य भएको छैन तसर्थ नेकपा माओवादी द्वारा कब्जा गरिएका चल अचल सम्पत्ति तुरुन्त फिर्ता गरिनु पर्दछ साथै विस्थापित बनाइएका नागरिक तथा नेपाली काँग्रेस लगायतका राजनीतिक दलका कार्यकर्ताहरुलाई विना रोकतोक ससम्मान -आफ्ना गाउँघरमा गई बसोबास गर्न नसक्ने ने।s।पा। माओवादी द्वारा निर्मित वातावरणको अन्त्य गरिनु पर्दछ
घगणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट गर्नु अपरिहार्य भएकोले तदनुरुप संविधानमा संसोधन गरिनु पर्दछ
ङसंविधानसभा निर्वाचन पश्चात विकसित राजनीतिक परिस्थितिमा सरकार गठन विघटनको संसदीय प्रकि्रयालाई सामान्य बहुमतद्धारा सम्पादन गर्नु पर्ने आवश्यकता अनुरुपको व्यबस्था गर्न अन्तरिम संविधानमा संसोधन गरिनु अनिवार्य संविधानको यस्तो संसोधनबाट राजनैतिक सहमतिका साथ आम-नागरिकको सहभागितामा संविधान निर्माण गर्ने मुल कर्तब्य प्रति निर्विघ्न रुपमा आफ्नो ध्यान केन्द्रीत गर्न संविधानसभालाई थप सहज वातावरण प्राप्त हुनेछ
चनिर्वाचन पछि पनि देशका विभिन्न ठाउँहरुमा आफ्नो पार्टीलाई सहयोग नगर्ने मतदाताहरु अन्य पार्टीका कार्यकर्ताहरुलाई डर धम्की लुटपिट कुटपिट अपहरण हत्या गर्ने जवर्जस्ती चन्दा असुल्ने आगजनी घर पेशा छोड्न बाध्य पार्ने कि्रयाकलापहरु ने।s।पा। माओवादी का कार्यकर्ताहरुबाट भइरहेको यस्ता कि्रयाकलापहरु तत्काल अन्त्य हुन जरुरी
छन्यायालय संवैधानिक अङ्गहरु सरकारी संचार माध्यमहरु प्रशासन प्रहरी सेनाको निष्पक्षता एवं उच्च व्यवसायिकता बहुदलीय लोकतन्त्रको सफल कार्यान्वयनका लागि अपरिहार्य छन् यी राष्ट्रिय संरचनाहरुलाई दलगत राजनीतिको छायाँबाट अलग राखिनु पर्दछ यसको सुनिश्चितताका लागि आवश्यक राजनीतिक सहमति बैधानिक व्यबस्था गरिनुपर्दछ
आदरणीय पार्टी सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाबाट नयाँ सरकार गठन गर्न राजनैतिक दलहरुलाई आव्हान गरिसक्नु भएको वर्तमान सन्दर्भमा चुनाव परिणामलाई दृष्टिगत गर्दै देशभरिका नेपाली काँग्रेसका कार्यकर्ताहरु पार्टीका शुभेच्छुहरु लोकतन्त्रवादी जनताको भावनालाई समेत मध्यनजर राख्दै नयाँ निर्माण हुने सरकारलाई नेपाली काँग्रेसको समर्थन माथिका बुँदाहरुको पूर्ण कार्यान्वयनमा निर्भर रहनेछ लोकतान्त्रिक संविधान निर्माण विगतका सहमति÷संझौता तथा प्रतिबद्धताहरुलाई सार्थक सफल बनाउन सहमति तथा सहकार्यमा जुट्ने एवं शान्ति प्रकि्रयालाई घोषित लक्ष्यसम्म पुर्याउन नेपाली काँग्रेस दृढ
५अत्यन्त प्रतिकूल परिस्थितिमा सम्पन्न भएको संविधानसभाको निर्वाचनका क्रममा नेपाली काँग्रेसलाई मतदान गर्ने आदरणीय मतदाताहरु साथै सहयोग सद्भाव समर्थन दिने सम्पूर्ण नेपाली जनता समाजका सबै वर्ग वा तहका मित्र सहयोगीहरुप्रति नेपाली काँग्रेस हार्दिक आभार कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ संविधानसभाद्धारा नयाँ संविधान निर्माण हुने कार्यबाट नेपाल राष्ट्रलाई लोकतन्त्रको मार्गबाट बिचलित विमुख गराउन चाहने कुनै पनि दुष्प्रयासलाई बिफल बनाउने लोकतन्त्रका मूल्य मान्यता सिद्धान्त विपरीत कसैसँग कुनै सम्झौता हुन नदिने नेपाली काँग्रेस प्रण गर्दछ

केन्द्रीय कार्यसमितिको बैठक २०६५ जेठ गते शुक्रबारका दिन बिहान ८ः०० प्रधानमन्त्री निवास बालुवाटार काठमाडौँमा पुनः बस्नेछ

विमलेन्द्र नििध
महामन्त्री
स्रोत : नेपलिकांग्रेस को वेबसाइट

No comments:

Post a Comment

website counter
eharmonyeharmony