Saturday, May 23, 2009

प्रधानमन्त्रीको उम्मेदवारमा नेपालको नाममात्र दर्ता

जेठ ९ सनिबार- आज हुने प्रधानमन्त्री पदको निर्वाचनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नाम मात्र दर्ता भएको छ । मनोनयनका लागि एक बजेसम्म समय संविधानसभा संसद सचिवालयले तय गरेको थियो ।नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावक रहेको मनोनयनमा एमाले अध्यक्ष झलनाथ खनालसहित २२ जना समर्थक रहेका छन् । यस्तै स्वतन्त्र सभासद बबन सिंह र सदरुल मियाँ हकले पनि नेपाललाई समर्थन गरेका छन्

No comments:

Post a Comment

website counter
eharmonyeharmony