Friday, May 29, 2009

सरकारमा जाने विषयमा काग्रेसभित्र विवाद

सरकारमा जाने विषयमा काग्रेसभित्र विवाद



१५ जेठ, काठमाण्डौं । नेपाली काग्रेसमा एमाले नेतृत्वको सरकारमा सहभागीताको विषयलाई लिएर चर्को विवाद भएको छ ।शुक्रबार पार्टी कार्यलयमा सानेपामा बसेको काग्रेस केन्द्रीय कमिटीको बैठकमा सहभागी नेताहरुले एमालेको नेतृत्व सरकारलाई नै बाहिरबाट सहयोग गर्नु पर्ने अधिकाशं सहभागीहरुको राय रहेको चक्र बास्तोलाले बताउनु भएको छ ।

काग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले सरकारको नेतृत्वमा छोरी सुजाता कोइरालालाई अगाडि सार्नु भएपछि काग्रेस भित्र विवाद झन चर्को रुपमा आएको काग्रेस एक नेताले बताउनु भयो ।

एमाले नेतृत्वको सरकारमा जानुको औचित्यकाबारे केन्द्रीय सदस्यहरुले जिज्ञासा राखेको काग्रेस महामन्त्री विमदेन्द्र निधिले अनलाइनखबरलाई जानकारी दिनुभएको छ ।

काग्रेस सरकारमा जाने भए सबै नयाँ अनुहारलाई पठाउनु पर्नेमा जोड दिएको निधिले बताउनु भयो ।

No comments:

Post a Comment

website counter
eharmonyeharmony