Monday, May 25, 2009

भारतमा कांग्रेस बिजयी, नेपाल नीतिमा कुनै परिवर्तन नहुने

भारतमा कांग्रेस बिजयी, नेपाल नीतिमा कुनै परिवर्तन नहुने



३ जेठ, काठमाण्डौं । भारतमा सम्पन्न संसदीय चुनावमा सत्तारुढ कांग्रेस आईको युपीए गठवन्धनले वहुमत हाँसिल गरेपछि उसको नेपाल नीतिमा कुनै परिवर्तन नहुने आइतबार प्रकाशित अखबारहरुले उल्लेख गरेका छन् ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउन भूमिका खेलेको कांग्रेस आईको निरन्तरता र हिन्दुवादी दल जनता पार्टीको पराजयले नेपालको शान्ति प्रकृया अगाडी बढाउन थप मद्दत पुगेको परराष्ट्र बिज्ञहरुलाई उदृत गर्दै छापाहरुले बताएका छन् ।

नेपाल नीतिमा फरक नपर्ला शीर्षकमा कान्तिपुर लेख्छ- प्रगतिशील गठवन्धनले शसक्त जीत हात पारेकाले नेपाल नीति साविककै हुने अधिकांशको अनुमान छ ।’ कांग्रेसकै निरन्तरता भएकाले नेपाललाई हेर्ने दृष्टिकोण र नीतिमा केही परिवर्तन हुने सम्भावना देखिन्न- भारतका लागि पूर्व राजदुत लोकराज बरालले भन्नुभयो- तर नेपाल र भारत दुवैले एकअर्काप्रति बढी चासो राख्न थालेका छन् ।’

माओवादी नेता सीपी गजुरेलकालाई उदृत गर्दै राजधानी दैनिकले पनि नीतिमा परिवर्तन नहुने समाचार छापेको छ । यस्तै अन्नपूर्ण पोष्ट दैनिक, समाचारपत्र तथा नागरिक दैनिकले पनि नेपाल नीतिमा परिवर्तन नहुने बिश्लेषणसहितको समाचार प्रकाशित गरेका छन् । नागरिक दैनिकले भारतमा लोकतन्त्रवादीको सानदार जीत भएको र बामपंथी तथा दक्षिणपंथीको नराम्रो पराजय भएको बताएको छ । कांग्रसलाई बहुमतभन्दा वीस सीट बढी प्राप्त भएको भन्दै उसले अब सरकार चलाउन बामपंथीको सहयोग नचाहिने बताएको छ ।

बिज्ञहरुको मतमा भारतीय सरकारको नेपाल नीति

काठमाडौँ, जेठ २ गते । भारतमा लोकसभाका लागि भएको निर्वाचनको पछिल्लो परिणामले काङ्ग्रेस आई गठबन्धन -यूपीए)ले सरकार बनाउने पक्कापक्की भएको छ । भारतमा बन्ने नयाँ सरकारले कस्तो नेपालनीति लिनसक्छ भन्ने विषयमा पनि विभिन्न अड्कलबाजी गर्न थालिएको छ ।

निर्वाचनका क्रममा भारतीय दलहरूले नेपालको विषयलाई गम्भीर मुद्दाका रूपमा उठाएको पृष्ठभूमिमा अब बन्ने नयाँ सरकारले नेपालनीतिमा कुनै फेरबदल गर्छ कि गर्दैन भन्ने विषयमा नेपालका राजनीतिक दलका नेता तथा परराष्ट्रविद्हरूले मिश्रति प्रतिक्रिया दिनुभएको छ ।

एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)का वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ले भारतमा पुरानो सरकारको निरन्तरताका रूपमा नयाँ सरकार बन्ने अवस्था रहेको हुनाले नेपालनीतिमा खासै परिवर्तन नहुने विश्लेषण गर्नुहुन्छ ।

उहाँका विचारमा भारतमा बन्ने नयाँ सरकारले छिमेकी मुलुकहरूलाई सहयोग गर्ने नीतिलाई प्राथमिकता दिँदै दक्षिण एसियाली क्षेत्रमा शान्ति स्थापना गर्न महìवपूर्ण नीतिगत पक्षलाई जोड दिनु आवश्यक छ ।

निर्वाचनको परिणाम विश्लेषण गर्दा भारतमा बन्ने नयाँ सरकार पहिलेको भन्दा बलियो हुने देखिएको जनाउँदै उहाँले भ्ान्नुभयो, “नयाँ सरकारले छिमेकी मुलुकलाई पुरानो आँखाले होइन नयाँ आँखाले हेर्नु आवश्यक छ । नयाँ ढङ्गको सहयोग गर्ने नीतिको पक्षमा हामी छौँ । नेपालमा श्ाान्ति स्थापनाका लागि नयाँ सरकारलाई सघाउने नीति अहिलेको आवश्यकता होे र त्यस्तो नीतिले भारतमा पनि शान्ति स्थापनामा सघाउ पुर्‍याउँछ ।”

नेपाली काङ्ग्रेसका नेता डा. मीनेन्द्र रिजाल भन्नुहुन्छ, “भारतीय निर्वाचनको कुनै पनि प्रकारको परिणामले र त्यहाँ बन्ने नयाँ सरकारका कारण नेपालनीतिमा कुनै प्रभाव पार्दैन, यदि सामान्य प्रभाव परिहाले पनि ती विषय गौण हुनेछन् ।”

उहाँले भन्नुभयो, “नेपालले भारतमा बन्ने कुनै पनि दलको सरकारसँग समुधुर सम्बन्ध राख्न चाहने भएकाले भारतको नेपालनीतिमा परिवर्तन हुनसक्ने अवस्थ्ाा छैन ।”

नेपाल कम्युनिस्ट पार्टी -एमाले)का नेता भीम रावलका विचारमा भारतको परराष्ट्रनीति राजनीतिक दलहरू र राज्यका अङ्गहरूको समान धारणाबाट निर्माण हुने भएकाले नयाँ सरकारले छिमेकीहरूप्रति अपनाउने नीतिमा सानातिना मात्र असर पुग्छ, ठूलो प्रभाव पर्ने देखिँदैन ।

भारतमा बन्ने नयाँ सरकारले नेपालमा देखिएको राजनीतिक अस्थिरताको फाइदा उठाएर प्राकृतिक स्रोतसाधनको बाँडफाडका साथै सीमाका विषयमा फाइदा लिनसक्ने अवस्था रहेकाले नेपाल सतर्क रहनुपर्नेर् बताउँदै उहाँले भन्नुभयो, “द्वन्द्व व्यवस्थ्ाापनका विषयमा भारतले भूमिका बढाउनसक्छ ।”

उहाँले थप्नुभयो, “भारतमा काङ्ग्रेसको सरकार भएको समयमै १२ बँुदे सहमति भएको हुनाले अहिले पनि सोही नेतृत्वमा सरकार गठन भएमा खासै नीतिगत परिवर्तन हुँदैन । तर भारतले नेपालका दलहरूमा देखिएको अविश्वास मेटाउन भूमिका खोज्नसक्ने अवस्थालाई पूर्ण रूपमा नकार्न सकिँदैन ।”

नयाँ भारतीय सरकारको नेपालनीति नेपालले भारतप्रति अपनाउने सुरक्षा, विगतका सन्धिसम्झौता र प्राकृतिक स्रोतसाधनको बाँडफाडका विषयमा निर्भर रहने तर्क गर्नुहुने भारतका लागि पूर्व्ानेपाली राजदूत डा. भेषबहादुर थापा भारतमा बन्ने नयाँ सरकारले तत्कालै नेपालनीति परिवर्तन गरिहाल्ने अवस्था भने देख्नुहुन्न ।

उहाँको भनाइ छ, “भारतको केन्द्रीय सत्ता समीकरणमा आमूल परिवर्तन हुने अवस्था नदेखिएको हुनाले खासै नेपालनीति परिवर्तन हुनसक्ने अवस्था छैन । तर नेपालको संविधान निर्माण र शान्ति स्थापनाको घटनाक्रममा परिर्वतन भएको अवस्थामा भने भारतले नीति परिवर्तन गर्नसक्छ ।”

भारतमा बन्ने नयाँ सरकारले आफ्नो सुरक्षानीति र छिमेकी नीतिमा पुनरावलोकन गर्नसक्ने अवस्था रहेको हुँदा नेपालले आˆना पुराना अनुभवका आधारमा नीति तय गर्नुपर्ने अवस्था देख्नुहुने पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका विचारमा भारतमा गठबन्धन सरकार निर्माण हुने अवस्था भएकाले नेपाल सतर्क रहनुपर्ने अवस्था छ ।

भारतमा चुनाव प्रचारका क्रममा भारतीय जनता दलले नेपालनीतिको विषयमा गम्भीर प्रश्न उठाएको हुनाले नयाँ बन्ने सरकारले पुनर्विचार गर्नसक्ने औँल्याउदै उहाँले भन्नुभयो, “भाजपा सत्तामा रहे पनि नरहे पनि उसले उठाएका विषयलाई नयाँ सरकारले पक्कै सम्बोधन गर्नेछ । भारतको निर्वाचनमा १५ वर्षपछि काङ्ग्रेसले ठूलो सफलता लिने अवस्था रहेको हुँदा नयाँ सरकारको नेतृत्व पनि यसैले गर्ने अवस्था देखिन्छ । यही अवस्थालाई हेर्दा नेपालनीतिमा परिवर्तन नै नभए पनि पुनरावलोकन भने हुनसक्ने सम्भावना छ ।”

भारतले नेपालमा हस्तक्षेप गर्न नहुने माग भारतमै चलिरहेको समयमा नयाँ सरकारले तत्काल नीति परिर्वतन नगर्ने तर्क गर्नुहुने प्रा.डा. लोकराज बराल भन्नुहुन्छ, “भारतको सुरक्षासम्बन्धी ठूलो स्वार्थ नेपालसँग गाँसिएको छ । त्यही स्वार्थले नयाँ सरकारले नेपालनीतिमा केही चासो दिनसक्छ तर नेपालले सजग भएर आˆनो घर आफैँ बलियो बनाउने नीति अपनाउनुपर्छ ।”

No comments:

Post a Comment

website counter
eharmonyeharmony