Friday, May 29, 2009

धरहरा भन्दा अग्लो होला त गणतन्त्र स्तम्भ ?

गणतन्त्र स्थापना भएको एक वर्ष पुगेको अवसर पारेर शुक्रबार शिलान्यास गरिएको गणतन्त्र स्तम्भ नेपालकै सबैभन्दा अग्लो स्तम्भ हुने भएको छ। यो धरहरा भन्दा पनि अग्लो हुनेछ । राजधानीको रत्नपार्कमा प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र स्तम्भको शिलान्यास गरेका हुन् । अन्नपूण पोष्ट समाचार अनुसार गणतन्त्र स्तम्भलाई नेपालकै अग्लो र आकर्षक स्तम्भ बनाउन भौतिक योजना तथा निर्माण मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ। मन्त्रालयका प्रवक्ता हरिप्रसाद शर्माले भने, रत्नपार्कमा बन्ने स्तम्भ कलात्मक र नेपालकै अग्लो तथा सुविधासम्पन्न बनाउने योजना छ।
प्रधानमन्त्रीले स्तम्भ अमेरिकाको लिबर्टी स्टयाच्यु तथा पेरिसको आइफल टावर जस्तै देशलाई चिनाउने हुनुपर्ने निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले बताए । स्तम्भको पूर्ण नमुना तयार भईनसके पनि स्तम्भमा चढ्नलाई लिफ्ट र सिँढी दुवै संरचना तयार गर्ने योजना छ। स्तम्भको टुप्पोबाट राजधानी तथा वरपरको दृश्य अवलोकन गर्न मिल्ने हुनुपर्ने सुझाव आइरहेका छन् प्रवक्ता शर्माले भने ।
एकीकृत नेकपा माओवादी नेतृत्वको पूर्वसरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा गणतन्त्र स्मारक बनाउन गरेको निर्णयमा परिवर्तन भएको सरकारले स्पष्ट पारेको छ।

No comments:

Post a Comment

website counter
eharmonyeharmony