Wednesday, July 1, 2009

राष्ट्रिय एकताको सरकारः प्रचण्ड

राष्ट्रिय एकताको सरकारः प्रचण्ड

१६ असार, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको छ ।

चितवन आइपुग्नुभएका प्रचण्डले पार्टी कार्यकताहरुसँग भएको छलफलमा यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको कदम राष्ट्रिय मुद्धाको रुपमा आएको वताउँदै नागरीक सर्बोच्चता कायम गर्नका लागि एकतावद्ध हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । राष्ट्रपतिको कदममा माओवादीको तर्फवाट आफु दृढ रहेको समेत उहाँले वताउनु भएको छोरा प्रकाश दहालले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले पोलिटब्यूरो बैठकमा भए गरेका गतिविधि त्यसको निर्णय तथा वर्तमान समसामयीक राजनीतिक विषयमा चितवनका अगुवा कार्यकर्ताहरुलाई जानकारी गराउनुभएको छ ।

पारिवारिक भेटघाटको शिलशिलामा प्रचण्ड चितवन आउनुभएको माओवादी चितवनका सेक्रेटी अविनाशले जानकारी दिनुभयो । भोली उहाँले आफ्नो स्कुले जीवन व्यातीत भएको ठाउँ शिवनगरमा विशेष पारिवारिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष प्रचण्डले दुई दिनसम्म चितवनमा विताउने वताइएको छ । अध्यक्ष प्रचण्डको साथमा पत्नी सीता तथा सहयोगीहरु रहेका छन् ।

No comments:

Post a Comment

website counter
eharmonyeharmony